वैकल्पिक सरकार गठनमा सलग्न हुनु जसपाको उद्देश्य विपरीत : महन्थ ठाकुर
काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले वैकल्पिक सरकार गठनमा सलग्न हुनु जसपाको उद्देश्य विपरीत रहेको बताएका छन् । वक्तव्यमा भनिएको छ, "सरकार बनाउने वा कुनै किसिमको वैकल्पिक सरकार निर्माणमा लाग्नु जसपाको उद्देश्य विपरीत हो,मधेस आन्दोलनको मर्म र भावनाविपरीत रहेको ठहर गरेको छ।" नयाँ सरकार गठनको माग गर्दै जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले विपक्षी दलका नेतासङ्गै हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्