गण्डकी प्रदेश सरकार गठनः घर्किदो समय, विपक्षी गठबन्धनलाई सकस पोखरा। गण्डकी प्रदेशमा सरकार बनाउन काँग्रेस–माओवादी गठबन्धनलाई सरकार बनाउन सकस परेको छ। सरकार बनाउन प्रदेश प्रमुखले तोकेको समय घर्किंदै जाँदा पनि जनमोर्चाका सांसदले निर्णय दिन नसक्दा सरकार गठनका लागि तोकिएको समय खेर जाने अवस्था आउन लागेको हो। प्रदेश प्रमुख सीता पौडेलले२६ गते तीन दिनको समय दिएर संविधानको धारा१६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गरेकी थिइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्