वैकल्पिक सरकार गठनमा संलग्न हुनु जसपाको उद्देश्यविपरीत : महन्थ ठाकुर काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले वैकल्पिक सरकार गठनमा संलग्न हुनु जसपाको उद्देश्यविपरीत रहेको बताएका छन्। वक्तव्यमा भनिएको छ, "सरकार बनाउने वा कुनै किसिमको वैकल्पिक सरकार निर्माणमा लाग्नु जसपाको उद्देश्य विपरीत हो, मधेस आन्दोलनको मर्म र भावनाविपरीत रहेको ठहर गरेको छ।" नयाँ सरकार गठनको माग गर्दै जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले विपक्षी दलका नेतासँगै हस्ताक्षर गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्