पानी जहाजकाे विराेध गर्नेले नै गाेकर्णकाे पनि विराेध गरेका हुन्ः प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले गोकर्ण रिसोर्ट विधिसम्मत रूपमा भाडामा दिएको दावी गरेका छन् ।

प्रेस संगठन नेपालको राष्ट्रिय भेला तथा शपथग्रहण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसअघि हचुवाको भरमा दिने गरिएकोमा वर्तमान सरकारले विधि निर्माण गरेर भाडामा लगाएको बताएका हुन ।

पानी जहाज ल्याउन खोज्दा समेत विरोध गर्ने विपक्षी भएको ठाउँमा गोकर्ण रिसोर्ट लिजमा लिने प्रक्रियाको विरोध हुनु स्वभाविक भएको समेत प्रधानमन्त्री ओलीले बताएका छन् ।

गोकर्ण फरेस्ट रिसोर्टको लिज अवधि सकिनुभन्दा पाँच वर्ष आठ महिना अगाडि नै नवीकरण गरिदिने निर्णय भएपछि त्यसको आलोचना भइरहेको छ।

प्रधानमन्त्ती ओलीले त्यसबारे पहिलो पटक सार्वजनिक मञ्चबाट टिप्पणी गरेका हुन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्