सामूहिक राजीनामा गर्नेमा विश्वास छैन : मुख्य सचेतक भट्टराई काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठकले पार्टीको नेतृत्वमा सरकार बनाउन माधव नेपालपक्षको साथका लागि कोशिस गर्ने बताएको छ। तर नेकपा एमालेका मुख्य सचेतक विशाल भट्टराईले उनीहरूले राजीनामा दिएर आफ्नो दलको अध्यक्ष प्रधानमन्त्री हुँदाहुँदै अन्य दललाई सघाउनेमा विश्वास नरहेको बताए। “पार्टीभित्र असन्तुष्टिले उहाँहरू हिजो बैठकमा उपस्थित हुनुभएन तर अन्य दलको प्रधानमन्त्रीलाई समर्थन गर्न जानुहुन्छ भन्ने विश्वास मलाई छैन,” उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्