कांग्रेसको निर्णयले माधव नेपाल समूहलाई असहज काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठकले सरकार गठनमा माधव नेपाल समूहसँग सहयोग लिने निर्णय गरेपछि उक्त समूहलाई अप्ठेरो परेको छ। नेपालपक्षले सरकार गठनमा सरोकार नराख्ने बताए पनि उनीहरूले अध्यक्ष केपी ओलीलाई आफ्ना शर्त मान्न बाध्य बनाउने विषयमा छलफल केन्द्रित गर्न खोजेको देखिन्छ। आज भर्चुअल रूपमा स्थायी कमिटी सदस्यहरूको छलफलपछि सरकार बन्नु वा नबन्नुमा विवाद नरहेको नेताहरूले बताउनुले यस्तो छनक दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्