एमालेका नेता पशुपति चौलागाइँको कोरोनाका कारण मृत्यु
काठमाडौं। नेकपा एमालेका नेता पशुपति चौलागाइँको केहीअघि कोरोनासम्बन्धी कारणले मृत्यु भएको छ। कोरोना सङ्क्रमण देखिएपछि उनी मनमोहन अस्पतालमा उपचाररत थिए। उनी दोलखाबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। उनी नेकपा एमालेका पोलिटब्युरो सदस्य पनि थिए।
प्रतिक्रिया दिनुहोस्