शान्तिको बाटोमा आउन चन्दलाई नेपालको आग्रह

आज काठमाडौंमा आयिोजित ‘संक्रमणकालीन न्यायको निकास’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै नेपालले द्वन्द्वको बाटोले मुलुकलाई निकास नदिने बताएका हुन् ।

नेपालले भने, “देशले द्वन्द्व थेग्न सक्दैन, मुलुकलाई अघि बढाउन राजनीतिको मुल प्रवाह आउनुको विकल्प छैन ।”

उनले द्वन्द्व पीडितलाई न्याय दिन ढिलाइ भएको स्वीकार समेत गरेका छन् ।

नेपालले भने, “आयोग गठनमा भएको ढिलाइले पीडितलाई झन पीडा दिएको छ । न्यायको लागि अब छिटो र छरितो प्रक्रियामा लाग्नुपर्छ ।”

आवश्यक कानून परिमार्जन र संशोधन गरेर भए पनि पीडितलाई न्याय दिन अघि बढ्नुपर्ने नेपालको भनाइ छ ।