महन्थलाई भेट्ने बाबुरामको तयारी
काठमाडौं। जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले अध्यक्ष महन्थ ठाकुरसँग भेट्ने प्रयास गरेका छन्। पूर्वप्रधानमन्त्री बाहेकको नेतृत्वमा सर्वदलीय सरकार बनाएर एक वर्षभित्र चुनाव गराउनुपर्ने प्रस्ताव गरेका भट्टराईले जसपा अध्यक्ष ठाकुरलाई भेट्न लागेका हुन्। वर्तमान राजनीतिक जटिलतालाई कसरी समाधान गर्न सकिन्छ? भन्नेबारे छलफल हुने बताइएको छ। समय र स्थान भने टुंगो लागिनसकेको एक नेताले बताए।
प्रतिक्रिया दिनुहोस्