महन्थ र राजेन्द्रले राष्ट्रपतिलाई भने, ‘जसपाभित्र विवाद छ, सरकार गठनको पत्र आए हामीलाई सम्झिनुहोला’ काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन्। उनीहरु प्रधानमन्त्री ओलीलाई भेटेर आज शीतल निवास पुगेका थिए। महन्थ र राजेन्द्रले राष्ट्रपति भण्डारीलाई भेटेर वैकल्पिक सरकार गठनबारे पार्टीभित्र विवाद रहेको जानकारी गराएका छन्। महन्थ निकट नेताका अनुसार नयाँ सरकार गठनबारे उपेन्द्र यादवको व्यक्तिगत विचार मात्र भएको जानकारी राष्ट्रपतिलाई दिइएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्