राष्ट्रिय सरकारको पक्षमा उभिदै बाबुराम भट्टराईले भने- एक वर्षभित्र चुनाव
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा जसपा केन्द्रीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले देशलाई वर्तमा सङ्कटबाट मुक्त गर्न ४ वटा उपाय सुझाएका छन्। उनले ट्वीटरमा लेखेका छन्,"देशको संकट हल गर्न यसो गरौं: धारा७६(२)बमोजिम सबै दलको सहभागिता र वर्तमान/पूर्व प्रमबाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं; २.दलका प्रमुख/पूर्वप्रम रहेको निर्देशक समिति; ३.साझा न्यूनतम कार्यक्रम(कोभिड नियन्त्रण,टीआरसी/मुद्दा,संविधान संशोधन,आर्थिक राहत इ.)लागू, ४.एक वर्षभरित्र चुनाव!"
प्रतिक्रिया दिनुहोस्