गण्डकी जनमोर्चा प्रकरणः थापालाई संसदीय दलको नेताबाट हटाइयो पोखरा। राष्ट्रिय जनमोर्चाले संसदीय दलको नेताबाट कृष्ण थापालाई हटाएको छ। नयाँ सरकार बनाउन विपक्षी गठबन्धन पक्षमा हस्ताक्षर गर्न नमानेपछि थापालाई हटाएको हो। उनलाई हटाएको पत्रमा महासचिव मनोज भट्टको हस्ताक्षर रहेको छ। उक्त पत्रसहित सांसद थापालाई दलको नेताबाट हटाएको जानकारी सचेतक पियारी थापाले सभामुख नेत्र अधिकारीलाई गराएकी छिन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्