जनार्दन शर्माको प्रश्न : काठमाडौंमै उत्पादन हुने अक्सिजन कहाँ खपत भइरहेको छ?
काठमाडौं।नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले अक्सिजन खपतबारे जनतालाई जानकारी गराउनुपर्ने माग गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, “काठमाडौंमा समेत अक्सिजन अभावमा अस्पतालले बिरामी उपचार गर्न नसक्ने घोषणा गरेका छन्। काठमाडौंमा दैनिक ८,१० हजार सिलिन्डर उत्पादन हुने भनिएको छ। उक्त अक्सिजन कसले वितरण गर्छ र कहाँ खपत भइरहेको छ?” उत्पादन क्षमता वृद्धि गर्न नसकेपनि खपतबारे जानकारी गराउनुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस्