लुम्बिनी प्रदेशको उपनिर्वाचनका लागि मतदाता नामावली स्वीकृत काठमाडौं। जेठ १७ गते हुने लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली स्वीकृत गरेको छ। आयोगले आज नै मतदान केन्द्रसमेत निर्धारण गरेको छ। प्रदेशसभा सदस्य ७९ र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २१७ गरी जम्मा २९६ जना मतदाता रहेका छन्। दाङको घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलान केन्द्रलाई मतदानस्थल तोकिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्