प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न सांसद पदबाट राजीनामा गर्नुपर्छ: भीम रावल काठमाडौं। नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई रोक्न सांसद पदबाट राजीनामा दिनुपर्ने बताएका छन्। ट्वीटरमा लेखेका छन्, ‘असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ। राष्ट्रिय हित,पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट ओलीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ। त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ। यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्