जसपाको शीर्ष तहको बैठक : पार्टीले एउटै धारणा बनाउनेबारे छलफल काठमाडौं। जनता समाजवादी पार्टीका शीर्ष नेताहरूबीच आज पार्टीलाई एक ढिक्का बनाएर लैजानेबारे छलफल भएको संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले बताएका छन्। निष्कर्षमा पुग्ने दाबी गर्दै उनले भने, “हामीले आज जसपाको एउटै धारणा बनाउने र मिलेर जानेबारे छलफल गर्‍यौँ, तर कुनै निष्कर्षमा पुग्न सकेनौं।” बैठकमा महन्थ ठाकुर, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, राजेन्द्र महतो र अशोक राई सहभागी थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्