बादललाई सूर्य, देवकोटालाई कलम र कृष्णलाई मादल चुनाव चिह्न काठमाडौं। जेठ ६ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका उम्मेदवारहरूको चुनाव चिह्न टुंगो लागेको छ। नेपाली कांग्रेस, माओवादी केन्द्र र माधव समूहबाट उम्मेदवारी दिएका डा. खिमलाल देवकोटाले कलम चुनाव चिह्न पाएका छन्। नेपाल मजदुर किसान पार्टीका उम्मेदवार कृष्ण तामाङलाई मादल चिह्न र एमालेका उम्मेदवार गृहमन्त्री रामबहादुर थापा बादललाई सूर्य चिह्न दिइएको राष्ट्रियसभा सदस्य उपनिर्वाचनका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्