सरकारलाई योगेश भट्टराईको ४ बुँदे ध्यानाकर्षण काठमाडौं।एमालेका नेता योगेश भट्टराईले सरकारलाई ४ बुँदे ध्यानाकर्षण गराएका छन्।सामाजिक सञ्जालमार्फत उनले अन्य देशसँग सहयोग माग्ने, कोभिडविरुद्धको लडाईमा सबै दल राष्ट्रिय सहमतिका साथ अघि बढ्नुपर्ने,सम्पूर्ण जनशक्ति कोभिडविरुद्धको लडाईमा केन्द्रित गर्ने र कोभिडविरुद्ध लडेको जनशक्ति बाहेक राज्यबाट लिने सबैको पारिश्रमिक र सुविधा हाललाई स्थगित गर्नुपर्ने उल्लेख गरेका छन्।उनले भूकम्पपछि १६ बुँदे सहमतिसहित दलहरू एक भएजस्तै ठोस योजनासहित अघि बढ्नुपर्ने बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्