साझा धारणा बनाउन जसपा शीर्ष नेताको बैठक बस्दै काठमाडौं।जनता समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठक आज पनि बस्दैछ।आज दिउँसो पार्टी कार्यालय बालकुमारीमा पार्टीको साझा धारणा बनाउन छलफल हुने जसपाका एक नेताले बताए।हिजो बसेको बैठकमा साझा धारणा बनाउनेबारे छलफल भए पनि कुनै समझदारी बन्न सकेन। बैठकमा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले सरकार बनाउने खेलमा लाग्न नहुने अडान दोहोर्‍याएका थिए। उपेन्द्र यादव पक्षले भने ओली नेतृत्वको विकल्प खोज्नुपर्ने बताएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्