सरकार र पार्टीबारे थप निर्णय गर्ने अधिकार प्रधानमन्त्रीलाई काठमाडौं।नेकपा एमालेको स्थायी कमिटी बैठकले सरकार र पार्टीका सम्बन्धमा थप निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको छ। आज बसेको बैठकले नेपालसहित ४ नेतामाथिको निलम्बन फिर्ता गर्दै बाँकी काम अघि बढाउने जिम्मा भने प्रधानमन्त्रीलाई दिएको हो।“अब पार्टी र सरकारका सम्बन्धमा केहि निर्णय गर्नुपरे प्रधानमन्त्रीले एकल गर्न सक्नुहुन्छ। यो अधिकार दिएको छ”, कार्यालय सचिव शेरबहादुर तामाङले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्