एमाले सचेतक शान्ता चौधरीले लेखिन, पार्टी एक हुने आशा पलायो
काठमाडौं। एमाले संसदीय दलका सचेतक शान्ता चौधरीले पार्टी एक भएर अघि आशा पलाएको बताएकी छिन्। माधव नेपालसहितका ४ नेताको निलम्बन फिर्तापछि प्रतिक्रिया दिँदै उनले सामाजिक सञ्जालमा कारबाही फुकुवाले पार्टी एक भएर अघि बढ्ने आशा देखिएको उल्लेख गरेकी हुन्। उनले लेख्छिन, "चार नेतामाथिको कारबाही फुकुवा भए छ,यो कारबाही फुकुवाले पार्टी एक भएर अगाडि बढाउनेछ। नेता कमरेडहरुले आशा जगाउनु भएको छ।"
प्रतिक्रिया दिनुहोस्