सरकारलाई एमालेको सुझाव– सहायता जुटाउन थप कूटनीतिक पहल गर
काठमाडौं। नेकापा(एमाले)को आज बसेको स्थायी कमिटीको बैठकले सरकारलाई कोरोना महामारी नियन्त्रण गर्न अन्तर्राष्ट्रिय समुदायबाट आवश्यक सहायता जुटाउन थप कूटनीतिक पहल गर्न सुझाव दिएको छ। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित रहेको बैठकमा अक्सिजनको पर्याप्त, प्रभावकारी र नियमित आपूर्ति, खोप लगायत जीवनरक्षक औषधिहरुको प्रबन्ध, अस्पतालहरुको पूर्वाधार विस्तारलगायत कामका लागि राज्यको सम्पूर्ण शक्ति परिचालन गर्न पनि सुझाव दिइएको थियो।
प्रतिक्रिया दिनुहोस्