नेपाल समूहका नेता भन्छन्- थप सहमतिको लागि अगाडि बढ्न आवश्यक छ
काठमाडौं। आज वसेको नेकपा एमालेको स्थायी कमिटीको बैठकले नेपाल सहित ४ जना नेतामाथि गरिएको कारबाही फुकुवा गरेपछि माधव नेपाल समूहका नेताहरुले सकारात्मक र एकताको कदम भनेर टिप्पणी गरेका छन्। निर्णय लगत्तै नेता सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराईले सामाजिक सञ्जालमा प्रतिक्रिया लेख्दै भने, यो निर्णय स्वागतयोग्य छ। थप सहमतिको लागि अघि बढ्नुपर्ने आवश्यकता देखियो।"
प्रतिक्रिया दिनुहोस्