जसपा सांसद प्रमोद साह भन्छन्- सरकार बनाउने पक्षसँग अब कुनै छलफल गरिँदैन काठमाडौं। जनता समाजवादी पार्टीका सांसद प्रमोद साहले सरकार बनाउने पक्षसँग अब कुनै छलफल नहुने बताएका छन्। आज देखापढीसँग सांसद साहले भने, "हामी त सरकार नबनाउने मान्छे हो, सरकार बनाउने मान्छेसँग के बैठक बस्ने? अधिकार र पहिचानको लडाइँमा हामी उभिएका छौं, माग पूरा गराउन लागेका छौं, अब उनीहरु(उपेन्द्र यादव)सँग बैठक हुन सक्दैन।" जसपाको शीर्ष नेताको बैठक आज पनि बस्ने भनिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्