सरकार बनाउने देउवाको प्रस्ताव महन्थ ठाकुरद्वारा अस्वीकार
काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवासँग जसपा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोबीचको वार्ता बिना निष्कर्ष टुंगिएको छ। आज ११ बजे देउवा निवास बुढानीलकण्ठमा देउवाले आफ्ना नेतृत्वमा सरकार बनाउन सहयोग गर्न ठाकुर र महतोसँग सहयोग माग्दा सो प्रस्तावलाई ठाकुर र महतोले ठाडै अस्वीकार गरेका थिए। देउवालाई ठाकुर र महतोले भने, “हामीबाट कुनै सहयोग हुँदैन, सरकार बनाउने खेलमा हामी छैनौं।”
प्रतिक्रिया दिनुहोस्