सरकार गठनका लागि तोकिएको समय घर्कंदै, विपक्षीलाई दवाब बढ्दो
काठमाडौं। राष्ट्रपतिले सरकार गठनका लागि दिएको समय नजिकिँदा प्रतिपक्षलाई दवाब झनै बढेको छ। जसपाको ठाकुर-महतो पक्षले सरकार गठनमा सहयोग नगर्ने बताएको छ। यता एमालेका असन्तुष्ट नेता नेपालसँग प्रधानमन्त्री ओलीले वार्ता थालेपछि अझै सरकार गठनका लागि बहुमत नपुग्ने दवाब विपक्षीलाई थपिएको छ। संविधानको धारा ७६ को २ बमोजिम सरकार बन्न नसके ठूलो दलको हैसियतले ओली नै प्रधानमन्त्रीमा नियुक्त हुनेछन्।
प्रतिक्रिया दिनुहोस्