महन्थ ठाकुरले प्रधानमन्त्रीलाई भने– सरकारमा जाँदिन, पहिले माग पूरा गर्नुस् काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा जसपा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोलाई सरकारमा सँगै मिलेर काम गर्न प्रस्ताव गरेका छन्। आज साँझ प्रधानमन्त्रीको यस प्रस्तावमा ठाकुर र महतोले सरकारमा जान सकिने अवस्था नबनेको जवाफ फर्काएका छन्। सांसद प्रमोद साहले भने, “प्रधानमन्त्रीले सरकारमा मिलेर काम गरौं भन्ने प्रस्ताव गर्नुभयो तर अध्यक्षज्यूले पहिले माग पूरा गर्न भन्नुभयो।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्