इदले नेपाली समाजमा धार्मिक सद्भावना बढाउने विश्वास
काठमाडौं।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीहरुको पवित्र पर्व ‘ईद उल फित्र’का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम समुदायमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना(इद मुवारक)दिएका छन्।“इद उल फित्रको पवित्र पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउदै आएको छ। यो पर्वले मुलुकमा शान्ति,सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने मैले विश्वास लिएको छु”, देउवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस्