सुदुरपश्चिम प्रदेशः माओवादी नेतृत्वको सरकार धरापमा धनगढी।सुदुरपश्चिम प्रदेशमा मुख्यमन्त्री त्रिलोचन भट्टको सरकार धरापमा पर्ने भएको छ।एमालेमा माधव नेपाल पक्ष र प्रधानमन्त्री ओली सहमतिका साथ अघि बढ्ने भएपछि यसको प्रभाव सुदुरपश्चिम प्रदेश सरकारमा पनि पर्ने देखिएको हो।२५ सिटसहित प्रदेशको ठूलो दल एमालले आफ्नै नेतृत्वमा सरकार गठनको प्रकृया अघि बढाउने तयारी गरेको हो। प्रदेशमा माओवादी केन्द्रका १३, कांग्रेसका १२ र जसपाका २ जना प्रदेशसभा सदस्य छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्