इजरायलविरुद्ध टर्की र पाकिस्तान ५७ मुस्लिम देशलाई एकजुट गराउँदै
बीबीसी। पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीले युरोपमा रहेका ६.५ करोड मुसलमानलाई प्यालेस्टाइनको समर्थन गर्दै इजरायलविरुद्ध बोल्न अपिल गरेका छन्। उनले युरोपका मुस्लिमलाई यस मामिलामा सक्रिय भूमिका निर्वाह गर्न समेत आग्रह गरे। उनले अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसनमा रहेका ५७ मुस्लिम देशबीचमा टर्की र पाकिस्तानले सहमति बनाउने प्रयास गरिरहेको र त्यसपछि प्यालेस्टाइन मुद्दालाई राष्ट्रसंघको सुरक्षा परिषदमा लैजाने दाबी गरे।
प्रतिक्रिया दिनुहोस्