अस्थिरता र अशान्ति मच्चाएर भूमण्डल खडा गर्ने प्रयास हुँदैछः प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अस्थिरता चाहने र अशान्ति खडा गर्ने तत्व सक्रिय रहेको बताएका छन्। प्रधानमन्त्रीमा सपथ खाएसँगै सिंहदरबारस्थित मन्त्री परिषद्को कार्यालय पुगेर पदबहालीपछिको सम्बोधनमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्र्थको निम्ति विकराल समयमा रोटी सेक्न खोज्ने प्रवृत्ति उचित नभएको बताए। अन्य देशले समेत विकराल परिस्थितिमा सहयोग गर्ने गरेकाले सबै गम्भीर भएर कोरोनाविरुद्धको लडाइँमा लाग्नुपर्ने उनको तर्क छ।
प्रतिक्रिया दिनुहोस्