माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भन्छन्- माधव नेपालबाट अहिले नै धोका भयो भन्दैनौं
काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले एमाले नेता माधव नेपालले धोका दिएको निष्कर्ष ननिकालेको बताएका छन्। कोरोनाविरुद्ध खोप लगाउन संसद भवन पुगेका प्रचण्डले भने,- "म आशा गर्छु, सत्यको पक्षमा, लोकतन्त्रको पक्षमा र संविधानको पक्षमा संघर्ष अगाडि बढ्नेछ र फेरि पनि भेट हुन्छ।" संविधानको ७६ को उपधारा ५ अनुसारको सरकार बनाउदा भेट हुनसक्ने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्