महामारी नियन्त्रणमा राज्यका सवै सामर्थ्य परिचालित हुनेछ: प्रधानमन्त्री ओली काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणका लागि राज्यको सबै सामर्थ्य परिचालित हुने बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पदभार ग्रहण गर्दै प्रधानमन्त्री ओलीले राज्यका सबै अंग यसमा परिचालन गर्ने जानकारी दिए। उनले भने, "कोभिड-१९ महामारी नियन्त्रणमा सरकारका सबै सामर्थ्य केन्द्रित गरिनेछ। सवै निकाय परिचालित हुन म आग्रह गर्दछु।"
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्