कर्णालीमा शपथ नै नखाई गयो मन्त्रीको पद
सुर्खेत। कर्णालीमा तीन मन्त्री थप्ने तयारी भए पनि शपथ नै नखाई मन्त्री पद गएको छ। मन्त्री नियुक्तिमा माओवादी केन्द्र र कांग्रेसबीचको विवाद समाधान नभएको भन्दै मुख्यमन्त्रीले शपथग्रहण स्थगित गराउन प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीलाई आग्रह गरेका थिए। प्रमुख कलौनीले सोहीबमोजिम मन्त्रिपरिषद्को नाम विज्ञप्तिमार्फत् जारी गरेका हुन्। कैलालीमा गोपाल शर्मा, विन्दमान विष्ट र सीता नेपालीलाई शपथ गराउन तयारी गरिएको थियो।
प्रतिक्रिया दिनुहोस्