अर्थमन्त्रीको रुपमा पौडेलेको तेस्रो कार्यभार
काठमाडौं। नेकपा एमालेका स्थायी कमिटी सदस्य विष्णुप्रसाद पौडेल तेस्रोपटक अर्थमन्त्री बनेका छन्। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासपात्र समेत रहेको पौडेलले यसअघि दुईपटक अर्थमन्त्रीको पद सम्हालिसकेका छन्। २०७२ साल असोजमा ओली पहिलोपटक प्रधानमन्त्री बन्दा पौडेललाई नै अर्थमन्त्री बनाएका थिए। त्यसपछि २०७७ साल असोजमा दोस्रोपटक अर्थमन्त्री बनेका पौडेल शुक्रबार तेस्रोपटक अर्थमन्त्री बनेका हुन्।
प्रतिक्रिया दिनुहोस्