राजेन्द्र महतोलाई संसदीय दलको नेता स्वीकार्न सक्दैनौं : रेणु यादव
काठमाडौं। जनता समाजवादी पार्टीकी केन्द्रीय कार्यकारिणी सदस्य रेणु यादवले राजेन्द्र महतोलाई संसदीय दलको नेता स्वीकार नगर्ने बताएकी छिन्। उनले देखापढीसँग भनिन्, ‘रिसोर्टमा थुनिएर बहुमतको बलमा दलको नेता बन्नु लोकतान्त्रिक विधि होइन। पार्टीभित्र विधान विपरीत हिँड्नुको औचित्य छैन। त्यो हामीलाई स्वीकार्य हुन सक्दैन।’ दलको बैठक बोलाएर नेता छान्नुपर्ने उनले बताइन्। शुक्रबार महन्थ पक्षको बहुमत सांसदले दलको नेतामा महतोलाई चयन गरेको थियो।
प्रतिक्रिया दिनुहोस्