रवीन्द्र मिश्रको प्रश्नः संघीयता केका लागि ? काठमाडौं। विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता केका लागि भन्दै प्रश्न गरेका छन्। आज सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले यस्तो प्रश्न गरेका हुन्। उनले लेखेका छन्, “संकटका बेला जनताले औषधि, अक्सिजन, अस्पताल, बेड, खाना र पैसा सबै आफैले खोज्नु परेको छ। संघीयता केका लागि हो? स्थानीय जनप्रतिनिधिको व्यापार व्यवसाय र कमिसन बढाउन ? सिंहदरबारको भ्रष्टाचार गाउँगाउँ पुरर्‍याउन? समयमै चेतना भया!”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्