प्रधानमन्त्रीले निजी क्षेत्रका प्रतिनिधि र विज्ञसँग छलफल गर्दै काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रका प्रतिनिधि र विज्ञहरूसँग बालुवाटारमा छलफल गर्न लागेका छन्। कोभिड-१९ को सङ्क्रमण बढिरहँदा प्रधानमन्त्री ओलीले निजी क्षेत्रका प्रतिनिधिसहित विज्ञहरूसँग छलफल गर्न लागेको प्रधानमन्त्री सचिवालयले पुष्टि गरेको छ। बैठक ४ बजेदेखि सुरु भएको छ। कोरोना महामारी नियन्त्रणमा सरकारले ध्यान नदिएको भन्दै आलोचना भइरहँदा प्रधानमन्त्रीले छलफल अगाडि बढाएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्