एमालेले सहयोग मागे राष्ट्रियसभा निर्वाचनमा राप्रपाले बादललाई भोट दिने काठमाडौं। राप्रपाले राष्ट्रियसभा उपचुनावमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई मतदान गर्ने भएका छन्। शनिबार बिहान त्रय अध्यक्ष कमल थापा, पशुपति शम्सेर जबरा र डा.प्रकाशचन्द्र लोहोनीबीच भएको बैठकमा औपचारिक रुपमा पत्र पठाएर सहयोग मागे एमालेका उम्मेदवार बादललाई मत दिने सहमति भएको राप्रपाका एक नेताले जानकारी दिए। राप्रपाको बागमती प्रदेशमा २ सांसद र २ जना स्थानीय तहका जनप्रतिनिधि छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्