संसदीय दलको नेता महतोलाई चुनिएको पत्र संसद सचिवालयमा पठाउँदै काठमाडौं। जसपाका वरिष्ठ नेता राजेन्द्र महतोलाई संसदीय दलको नेता चुनिएको पत्र संसद सचिवालयमा पठाउने तयारी गरेको छ। जसपाका एक नेताले भने, "पत्र तयार गरिसकिएको छ, अब केही बेरमा संसद सचिवालयमा पठाउँछौं, राजेन्द्र महतो पनि जानुहुन्छ होला।" गत बिहीबार जसपाको महन्थ/राजेन्द्र पक्षका बहुमत सांसद सदस्यले दलको नेतामा महतोलाई चयन गरेको थियो। उपेन्द्र पक्षले भने त्यो निर्णयलाई स्वीकार नगर्ने बताइसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्