शान्ति प्रक्रियाको बाँकी काम छिटो सक्नुपर्छः देउवा

आज राष्ट्रिय मानवअधिकार आयोगले गरेको ‘संक्रमणकालीन न्यायको निकास’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै देउवाले उक्त कुरा बताएका हुन् ।

‘‘हाम्रो पार्टी प्रतिवद्ध छ । यसमा सबै गम्भीर हुनु आवश्यक छ’’, उनले भने, ‘‘आयोग गठन लगायतका काम छिट्टै सकेर प्रक्रिया थाल्नुपर्छ ।’’

सरकारले बनाउन खोजेको कानूनले मानवअधिकार आयोगको भूमिका कमजोर हुने देखिएको भन्दै उक्त कुरा आफ्नो पार्टीलाई मान्य नहुने उनले बताए ।

उनले संक्रमणकालीन न्यायको निकासका लागि सबै लाग्नुपर्ने धारणा राखे ।

देउवाले कार्यक्रमको शुरूआतमै आफ्नो भनाइ राखेर हिंडेपछि द्वन्द्वपीडितले आपत्ति जनाएका थिए ।