खोप खरिदमा कानूनी समस्याले गर्दा ढिलाइ भयो : प्रदीप ज्ञवाली
काठमाडौं। स्वास्थ्य प्रणालीलाई एकीकृत ढंगबाट सञ्चालन गर्न समस्या भएको सीसीएमसी बैठकले औंल्याएको छ। आज बसेको सीसीएमसीको बैठकको निर्णय सुनाउँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘कतिपय निकाय शिक्षा मन्त्रालयसँग, कति स्वास्थ्य मन्त्रालयसँग छन्, प्रादेशिक अस्पतालहरु छन्, सबैलाई युनिफाइड ढंगबाट सञ्चालन गर्न केही समस्याहरु छन्।’ खोप खरिदका लागि सार्वजनिक खरिद ऐनले एडभान्स पेमेन्टको परिकल्पना नगरेकोले समस्या भएको उल्लेख गरे।
प्रतिक्रिया दिनुहोस्