महन्थ र उपेन्द्रबीच बालकुमारीमा छलफल जारी काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच छलफल जारी छ। पार्टीभित्र विवाद उत्कर्षमा पुगेका बेला जसपाका दुई अध्यक्ष ठाकुर र यादवले पार्टी कार्यालय बालकुमारीमा छलफल थालेका हुन् । विवादलाई कसरी समाधान गर्नेबारे छलफल केन्द्रित रहेको जसपा नेता डा सुरेन्द्र झाले बताए। पछिल्लोपटक वरिष्ठ नेता राजेन्द्र महतोलाई महन्थ पक्षले संसदीय दलको नेता घोषणा गरेपछि पार्टीभित्र विवाद बढेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्