बहुमत प्रमाणित गरे महन्थ पक्षको निर्णय मान्छाैं : मोहम्मद ईस्तियाक राई
काठमाडौं। जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य मोहम्मद ईस्तियाक राईले पार्टीमा बहुमत प्रमाणित गरे महन्थ पक्षलाई स्वीकार गर्न सकिने बताएका छन्। जसपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला उनले देखापढीसँग भने, “उहाँहरु(महन्थजी)सँग बहुमत छ भने संसदीय दल र कार्यकारिणी समितिको बैठक बोलाएर प्रमाणित गरे हुन्छ, हामी अल्पमतले स्वीकार गर्छौं।” पार्टीको विधान र प्रक्रिया नमान्ने हो भने आ–आफ्नै बाटोमा लाग्ने उनले चेतावनी दिए।
प्रतिक्रिया दिनुहोस्