७२ घण्टा अवधिभित्रको पीसीआर रिपोर्ट नदेखाइ उपनिर्वाचनमा मत दिन नपाइने काठमाडौं। निर्वाचन आयोगले जेठ ६ गते हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचन सम्पन्न गर्न स्वास्थ्य सुरक्षा मापदण्ड आज स्वीकृत गरी लागू गरेको छ। स्वास्थ्य सुरक्षा मापदण्डमा मतदानस्थलमा आवश्यक स्वास्थ्य सामग्रीसहित दुई जना स्वास्थ्यकर्मी रहेको हेल्थ-डेस्क स्थापना गर्ने व्यवस्था गरिएको छ। मतदानस्थल तथा मतदान केन्द्रमा प्रवेश गर्नु अघि ७२ घण्टा अवधिभित्रको पीसीआर रिपोर्ट देखाउनु पर्नेछ। मास्क लगाएर मात्र मतदान केन्द्रमा प्रवेश गर्न पाइनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्