संसद सचिवालयको खोप कार्यक्रम स्थगित काडमाडौं। संघीय संसद सचिवालयले दोश्रो चरणको खोप कार्यक्रम स्थगित गरेको छ। संसदसँग सरोकार राख्नेहरुभन्दा बाहिरका व्यक्ति खोप कार्यक्रममा सहभागी भएपछि खोप अभाव भएको भन्दै कार्यक्रम नै स्थगित भएको हो। सचिवालयले माग गरिएकोभन्दा दोब्बरको संख्यामा खोप लगाउनेहरु भएपछि खोप अभाव भएको थियो। सचिवालयले कोभिडसिल्डको पहिलो खोप लगाएका सांसद, कर्मचारी, मर्यादापालक, संसदीय पत्रकार लगायतका लागि दोश्रो डोजको कार्यक्रम राखेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्