जनताको जीवनसँग जोडिन सकेमात्र लोकतन्त्र सार्थक : प्रधानमन्त्री काठमाडौं। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनताको जीवनसँग जोड्न र जनतालाई समृद्ध जीवनको प्रत्याभूति गर्न सकेमात्र लोकतन्त्र सार्थक हुने बताएका छन्।मदन–आश्रित स्मृति दिवसका अवसरमा विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीले भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’को निरन्तरता रक्षा, कार्यान्वयन र विकास गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले पार्टीलाई एकताबद्ध,जनआधारित,गतिशील,अनुशासित र मुलुकको नेतृत्वदायी शक्तिका रुपमा स्थापित गर्ने बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्