हठ, दम्भ र एकाधिकारयुक्त चिन्तनबाट मुक्त हुनुपर्छ : नेता गौतम काठमाडौं। नेकपा एमालेका नेता वामदेव गौतमले आ–आफ्नो हठ, दम्भ र एकाधिकारयुक्त चिन्तनबाट मुक्त हुन आग्रह गरेका छन्। मदन भण्डारी र जिवराज आश्रितको स्मृति दिवसको अवसरमा आज सामाजिक सञ्जालमा लेख्दै यस्तो आग्रह गरेका हुन्। उनले पार्टीभित्र विखण्डन र विसर्जनपन्थ हावी हुन खोजेको आरोप लगाए। भण्डारी र प्रश्रितले निर्माण गरेको समाजवादको बाटो आफूले पछ्याइरहेको बताउँदै एमालेसहित वाम एकतामा जोड दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्