प्रधानमन्त्रीको पुनः सपथग्रहण गराउनुपर्ने भन्दै सर्वोच्चमा रिट दायर काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको सपथग्रहण फेरि गराउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाउने क्रममा प्रधानमन्त्रीलीले ‘त्यो पर्दैन’ भन्ने शब्द उच्चारण गरेका थिए। यसैबीच गैरसांसदलाई मन्त्री बनाएको विषय गैरसंवैधानिक भएको भन्दै रिट दर्ता गरिएको छ। उक्त रिटमाथि भोलि सुनुवाइ हुनेछ। वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, लोकेन्द्र ओली र केशरजंग केसीले रिट दायर गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्