टर्दैछ, महन्थ–उपेन्द्र मिल्ने सम्भावना
काठमाडौं। पछिल्लो दुई महिनायता जनता समाजवादी पार्टीभित्र सुरु भएको खटपटले पार्टी विभाजनको चरणमा पुगेको छ। एक–अर्कासँग मिल्नेभन्दा पनि अल्झिएरै जाने मनस्थितिमा पुगेको उपेन्द्र यादव निकटका एक नेताले देखापढीलाई बताए। ‘मिल्ने भए विधानलाई मानेर हिँड्नुपर्छ, नभए अलगै बाटो त छँदैछ नि’, उनले भने। महन्थ निकट नेताले ‘जुन दिन उपेन्द्र पक्षले कार्यकारिणी समितिको बैठक बसेर कारबाही गर्यो’त्यहीबेला पार्टी विभाजित बनेको बताए।
प्रतिक्रिया दिनुहोस्